विद्यार्थी संगठन खारेजी रोक्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश « Khabarhub

विद्यार्थी संगठन खारेजी रोक्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्यार्थी संगठन खारेज गर्ने वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चले उक्त रिटमा कारण देखाऊ आदेश पनि जारी गर्दै अन्तरिम आदेशसम्बन्धी छलफल अघि बढाएको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सोमबार निवेदकको मागबमोजिम अल्पकालीन अन्तरिम आदेश दिँदै अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई झिकाएको छ ।

यस विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अनेरास्ववियुका अध्यक्ष दीपक धामीले सर्वोच्चको आदेशलाई निरङ्कुशताविरुद्धको लडाइँको एउटा जित भनेका छन् । उनले सडक र न्यायालय दुवै मोर्चामा संघर्ष जारी रहने बताएका छन्।

यसअघि शुक्रबार विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रूपमा रिट दायर गरेका थिए। रिट दायर गर्नेमा नेकपा एमालेनिकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौं), अखिल (समाजवादी) सहितका विद्यार्थी संगठनहरू थिए ।

निवेदकहरूले संविधानप्रदत्त मौलिक हक अन्तर्गतको संगठन गर्ने, भेला हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमाथि सरकारले हस्तक्षेप गरेको दाबी गरेका थिए।

उनीहरूले विद्यार्थी संगठन खारेज गर्ने निर्णयले राजनीतिक र शैक्षिक स्वतन्त्रतामाथि गम्भीर असर पार्ने उल्लेख गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाइएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : ०७ बजे

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट