बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सातामा दुई दिन बिदा दिने  « Khabarhub

बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सातामा दुई दिन बिदा दिने 


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धरान– बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्र अनुसार प्रतिष्ठानले यो व्यवस्था लागू गर्न लागेको हो । 

प्रतिष्ठानका प्रवक्ता प्रा. डा. शमशेर श्रेष्ठद्वारा जारी सूचना अनुसार हरेक हप्ताको शनिबार र आइतबार अस्पतालको बहिरङ्ग सेवा, प्रशासनिक र शैक्षिक कार्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन् ।

अस्पतालको अन्तरङ्ग सेवा र आकस्मिक सेवा  भने सुचारु रहनेछन् । यसअघि शुक्रबार आधा दिन मात्र सञ्चालन हुँदै आएका अस्पतालका सेवा तथा कार्यालयहरू अब अन्य कार्यदिन सरह पूर्ण समय सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : २६ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र