अध्ययन भन्छ– रातो मासुले स्वास्थ्यमा असर पर्दैन « Khabarhub

अध्ययन भन्छ– रातो मासुले स्वास्थ्यमा असर पर्दैन


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एउटा अध्ययनले ससेज, किमा, स्टेक र रातो मासुको अरू स्वरूप अथवा प्रशोधित मासु खान कम गर्नु नपर्ने देखाएको छ ।

विश्वका अधिकांश महत्त्वपूर्ण सङ्गठनहरूसँग असहमति व्यक्त गर्ने उक्त अध्ययनले भनेको छ – तिनीहरूले यसअघि दिएका प्रमाण दुर्बल छन् र रातो मासुले मानिसको स्वास्थ्यमा पार्ने असर कम छन् ।

केही विज्ञहरूले सूक्ष्म ढङ्गले गरिएको जाँचको प्रशंसा गरेका छन् ।

विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीले मानिसहरूले रातो मासु, ससेज तथा बेकनका कारण क्यान्सरको जोखिम बढ्ने निकै कम प्रमाण भएकाले त्यो खाइरहन मिल्ने निष्कर्ष निकालेको बीबीसीले जनाएको छ ।

एनल्स अफ इन्टर्नल मेडिसन नामक जर्नलमा लेख्दै अनुसन्धानकर्ताहरूले रातो एवम् प्रशोधित मासुको उपभोगको खतराबारे हाल उपलब्ध प्रमाण निकै कमजोर रहेको भन्दै मानिसहरूले हप्ताको तीन वा चार पटक तिनको उपभोग गरिरहन मिल्ने जनाएका छन् ।

तर त्यो निष्कर्ष विश्व स्वास्थ्य सङ्गठनले हाल जारी गरेको सुझावविपरीत छ । साथै जनस्वास्थ्यसम्बन्धी निकायहरूले यस्तो निचोडले मानिसहरूको विवेकपूर्ण खानेबानीमा असर पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

चौपायाको आदिको मासु रातो मासुमा गणना हुन्छ भने हाँस र सिकार गरिएका चराचुरुङ्गीको मासु त्यसमा गणना हुँदैन ।

टिक्ने समय र स्वाद परिवर्तन गरिएको चाहिँ प्रशोधित मासुभित्र पर्छ र त्यसका लागि प्रमुख विधि भनेको पोल्ने, नुन थपेर वा अनेक तरिकाले लामो समयसम्म खान मिल्न बनाउने हो।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ४ : १७ बजे

श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौं– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध

राती बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उच्च 

काठमाडौं– रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने

लुम्बिनीको स्थापना दिवस : सङ्घीयताको बलियो आधार नै प्रदेश

लुम्बिनी– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास

देशको अवस्थाले जनताको मानसिक स्वास्थ्यमा असर पारेको छ : स्वास्थ्यमन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक,

उपराष्ट्रपति यादव भन्छन्- लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन