संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति « Khabarhub

संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले ‘मिनी पार्लियामेन्ट’का रुपमा रहेका संसदीय समितिमा सञ्चार माध्यमलाई निषेध गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

सरकारले संसदीय समितिमा पत्रकारलाई प्रवेश गर्न नदिने प्रवृत्ति देखिएको भन्दै तत्काल सच्याउन उनले माग गरेका हुन् ।

बुधबार संसद्को सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले पत्रकारलाई निषेध गरेर कुनै छलफल हुन नहुने बताए ।

लोकतन्त्रमा सुशासन, जवाफदेहीता र पारदर्शीता सँगसँगै अगाडि जानुपर्ने उनको भनाइ थियो ।

‘लेखा समितिसहित संसदका अरु समितिमा मिडिया राखेर छलफल हुनुपर्छ’, पुनले भने, ‘संसदीय समितिहरु सञ्चार माध्यमका लागि बन्द गरेर पारदर्शीता र लोकतन्त्रको कुरा गर्न मिल्दैन ।’

जनताले तिरेको करबाट राज्यले गर्ने खर्चको पारदर्शिता सुनिश्चित गर्ने भएकाले लेखा समितिको काम अरुभन्दा फरक प्रकृतिको रहेको उनले औंल्याए ।

‘जनताको करबाट राज्यले गर्ने खर्चको परादर्शीता सुनिश्चित गर्ने समिति भएको हुनाले देश र जनतालाई केन्द्रमा राखेर समितिलाई प्रभावकारी बनाउनुपर्छ’, उनले भने।

फरक प्रसंगमा उनले समितिले नयाँ र पुरानाका आधारमा नभई सही र गलतका आधारमा छलफल गर्ने पनि स्पष्ट गरे ।

पुराना सबै बेठीक र नयाँ सबै ठीक भन्ने आधारमा जान नहुने बताए । ‘राज्य सञ्चालनमा नयाँ र पुराना भन्ने हुँदैन । सही र गलत भन्ने हुन्छ’, पुनले भने, ‘सही र गलतका आधारमा मापदण्ड बन्नुपर्छ । पुराना त्यसै बेठीक र नयाँ सबै ठीक भन्ने हुँदैन ।’

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : ४३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४