‘प्रचण्डलाई समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक छ’ « Khabarhub

‘प्रचण्डलाई समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक छ’


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने “मैले तपाईहरूलाई गणतन्त्रका फूल भनेको थिएँ । शान्ति प्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईहरूको जिम्मेवारी हो ।”

उनले आफूहरुले उठाएको बन्दुकले नै प्रतिनिधित्वको ढोका खुलेको बताए । ‘सामन्तवादविरुद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू ? पार्टी जुनसुकै होस्, समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक प्रचण्डलाई छ भन्ने म ठान्दछु ।’

उनले शान्ति प्रक्रियापछिको मधेशी अभियानको स्मरण गर्दै भने “शान्ति प्रक्रियालगत्तै काठमाडौंका भित्ताहरूमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौँ । काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन ।”

प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई क्रान्तिको जीतको रूपमा व्याख्या गरे । उनले भने, “बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ । पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जीत हो ।”

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  २ : ५२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली