बादलले सेनाको विरोध गर्दा प्रतिकार उत्रिए रास्वपा र राप्रपा « Khabarhub

बादलले सेनाको विरोध गर्दा प्रतिकार उत्रिए रास्वपा र राप्रपा


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबार संसद्मा दिएको अभिव्यक्तिको दुईवटा दलले विरोध गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा पूर्वरक्षामन्त्रीसमेत रहेका थापाले सरकारको नीति तथा कार्यक्रम खारेज गरेर पूर्ण संशोधन या पुनर्लेखन गर्नुपर्ने पनि माग गरेका थिए ।

उनले नेपाली सेनाप्रति कडा आक्षेप लगाउँदै कुनै दलको संगठन जस्तो भएको बताएका थिए ।

त्यसलाई लिएर नियमापत्ति गर्दै रास्वपा सांसद मनिष खनालले बादलको सबै भाषण रेकर्डबाट हटाउन माग गरेका छन् ।

‘सम्मानित सदनमा सार्वभौम जनताको मताधिकार लिएको संसद्लाई उहाँले अराजक जमातको भिडको संज्ञा दिनु भएको छ’, उनले भने, ‘नेपाली सेनालाई विरोध गरेर विवादमा ल्याउने अभिव्यक्ति दिनु भएको छ। एउटा पार्टीले अर्को पार्टीलाई गर्नुपर्ने सम्मान पनि भएन ।’

उनले जेन-जी आन्दोलनलाई बादलले कथित निलो क्रान्ति भनेको भन्दै आपत्ति जनाए । ‘त्यसैले रामबहादर थापा बादलले बोलेका सबै कुरा रेकर्डबाट हटाइयोस्’, उनले भने ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले पनि बादलको भनाइप्रति आपत्ति जनाएकी छन् । बादलले खासगरी नेपाली सेनाबारे दिएको अभिव्यक्तिलाई लिएर कडा आपत्ति जनाइन्।

‘नेपाली सेनामाथिको टिप्पणी एउटा संस्थामाथिको मात्रै प्रहार होइन । यस्ता अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्छ’, उनले भनिन्, ‘यो गोर्खाली इतिहाससँग जोडिएको संस्था हो । सेनाको अपमान राष्ट्रप्रतिको असंवेदनशील व्यवहार हो।’

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ५९ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको