इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान « Khabarhub

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान उपस्थित भएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारको पाकिस्तानले मंगलबार खण्डन गरेको छ । 

इरान र अमेरिकी विमानहरू युद्धविरामपछि र इस्लामबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीहरूलाई ओसारपसार गर्न पाकिस्तान आइपुगेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

वक्तव्यमा भनिएको छ, ‘केही विमान र सहयोगीहरू अस्थायी रूपमा पाकिस्तानमा रहेका छन्। तर ती कुटनीतिक उद्देश्यका साथ त्यहाँ आइपुगेका थिए ।’

विदेश कार्यालयले आगाडि भनेको छ, ‘औपचारिक वार्तामा रोकिए पनि युद्धरत पक्षबिच कूटनीतिक आदान–प्रदान जारी छ र नूर खान एयरबेसमा रहेका कतिपय विमान र सहयोगीहरू इरानी विदेश मन्त्रीको भ्रमणका क्रममा रणनीतिक व्यवस्थामा सहजीकरणका लागि तैनाथ गरिएको हो।’ 
 
पाकिस्तानले उक्त विमान कुनै पनि सैन्य आकस्मिकता वा संरक्षण व्यवस्थासँग जोडिएको भन्ने भनाइलाई कडा रूपमा अस्वीकार गरेको छ र यस्तो दाबी काल्पनिक र तथ्यबाट अलग रहेको बताएको छ। 

इस्लामावादले वार्ता, तनाव न्यूनीकरण, क्षेत्रीय शान्ति र स्थिरतालाई समर्थन गर्ने पाकिस्तानी प्रतिबद्धतालाई दोहोर्‍याएको छ।
 

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : ४१ बजे

सेनामाथि किन निरन्तर खनिँदैछ एमाले ?

काठमाडौं- नेकपा एमालेले वर्तमान सरकार बन्नुमा नेपाली सेनाको ठूलो हात

‘डीडीसी’बाट सित्तैमा दूध–घिउ खाने व्यवस्था तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान

सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

काठमाडौं–  नेपाल प्रहरीको ‘साइबर ब्यूरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै

यातायात व्यवसायी महासंघको निर्वाचन बुधबार मात्रै हुने

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचन बुधबारलाई सरेको छ