स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूतको भेट, स्वास्थ्य सहकार्य विस्तारबारे छलफल « Khabarhub

स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूतको भेट, स्वास्थ्य सहकार्य विस्तारबारे छलफल


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेतासँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र भारतबीच सदियौँदेखि कायम रहेको ऐतिहासिक तथा प्रगाढ सम्बन्धसँगै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति धन्यवाद व्यक्त गरे।

उहाँहरूबीच राष्ट्रियस्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्र स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार–विमर्श भएको जनाइएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : ४३ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको