जाडो मौसममा शरीर तातो राख्न मद्दत गर्ने १५ खाद्य पदार्थ | Khabarhub Khabarhub

जाडो मौसममा शरीर तातो राख्न मद्दत गर्ने १५ खाद्य पदार्थ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा मानिसहरु शरीलाई न्यायो पार्न धेरै प्रकारका तातो परीकारहरु खाने गर्दछन् ।

शरीरको हड्डी सहित रुघाखोकीबाट मुक्त हुन, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि विशेष खानेकुरामा ध्यान दिनु पर्ने हुन्छ । यो बेला स्वास्थ्यप्रद तरिकाले कस्तो प्रकारको प्राकृतिक खाद्यपदार्थ उपयोग गर्न सकिन्छ जानकारी लिनु अनिवार्य हुन्छ ।

हामी जाडो मौसममा खान सकिने परीकार तथा खानेकुराको जानकारी दिदैंछौ, जसले तपाईको शरीर न्यायो राख्नुको साथै स्वस्थ र फिट रहन्छ ।

१. सागपात

जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो । यसमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ ।

२. गाजरको खिर/हलुवा

जाडो मौसममा गाजरको हलुवाले शरीरलाई निकै फाइदा पुर्याउने गर्दछ । हलुवाको गाजर बनाउदा“, चिनि, खुवा, अलैंची, दूध, बदाम र घ्यु हालेर कुकरमा गाजरको हलुवा बनाउन सकिन्छ ।

३. तातो भोजन

जाडो मौसममा सामान्य तातो भोजन सेवन गर्नुपर्छ । यसले शरीरमा तातोपना बढाउनुका साथै चिसोले निष्क्रिय भएको शारीरीक अंगलाई फाइदा समेत पुर्याउदछ ।

४. भुटुनमा तोरी तेल

कम मात्रामा नुनको प्रयोग गरी रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाएमा समेत यसले शरीरमा ताप बढाउने गर्दछ ।

५. पर्याप्त तरल पदार्थ

जाडोमा पसिना कम आएपनि पर्याप्त मात्रामा पानी एवं तरल पदार्थको सेवन गर्नुपर्छ । विशेषतः बालबालिका, गर्भवती महिला तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम खानु हुदैन ।

६. आलस र तिल

शरीरलाई तातो बनाइराख्न आलस र तिलको सेवन प्रभावकारी मानिन्छ । आलसलाई भुटेर पाउडर बनाई बिहानबेलुका खाने तथा तिललाई दैनिक भोजनमा सामेल गरेमा चिसोबाट बच्न सकिन्छ ।

७. काजु, पिस्ता र बदाम

काजु, पिस्ता र बदाममा रहेको तैलीय गुणले शरीरलाई तातो बनाइराख्छ । अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ ।

८. अदुवा, बेसार

सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा र बेसार जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ ।

९. चिकेन सुप

यदि तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा कुखुराको सुप बनाएर पिउनाले निकै लाभ मिल्छ । कुखुराको मासुले शरीरलाई तातो दिने काम गर्छ । यसले रुघाखोकी समेत निको पार्छ ।

१०. जौ, गहुँ र फापर
जाडोमा भात खानु उपयुक्त मानिदैन, यसले शरीरलाई चिस्याउने काम गर्छ । जाडोमा खाने सबैभन्दा राम्रो अन्न जौ, गहुँ र फापर हो । यि अन्नले शरीरमा तातोपना बनाइ राख्ने गर्दछन् ।

११. लसुन

चिसो भगाउन लसुनलाई निकै राम्रो मानिन्छ । साथै यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउछ । लसुनको सेनव गर्दा भाइरससंग लड्न समेत मद्दत गर्छ ।

१२. मरिच

चिसो मौसममा रुघा, खोकी र ज्वरोसंग लड्नका लागि मरिच निकै प्रभावकारी मानिन्छ । मरीचमा पनि कालो मरीचले शरीरमा तातोपना बढाउनुका साथै रोगसंग लड्ने क्षमता बढाउ“छ ।

१३. चिया

जाडो मौसममा चिया, कफि वा हर्बल टी पिउनु निकै लाभदायक हुन्छ ।

१४. गेडागुडी तथा माछा मासु

जाडोमा टुसा पलाएको गेडागुडी तथा माछामासुको सेवन गरेमा चिसो लाग्दैन । साथै छाला रुखो हुनबाट समेत बचाउछ । यिनीहरुले शरीरलाई चाहिने शक्तीको मात्रा प्रदान गर्नुका साथै तापक्रम बढाई चिसोवाट बचाउछ ।

१५. दुध तथा अण्डा

अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरीरमा तापक्रम बढाउने काम गर्दछ । यसले शरीरमा अत्यधिक तातोपना बढाई चिसोबाट बचाउछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : २५ बजे

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम – रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

नवलपरासी – पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि पास गर्छौं : मन्त्री गुरूङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीननाथ शर्मा

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी