अयोध्या विवाद : भारतीय सर्वोच्च अदालतको फैसलाको स्वागतमा नेपालमा दीप प्रज्वलन | Khabarhub Khabarhub

अयोध्या विवाद : भारतीय सर्वोच्च अदालतको फैसलाको स्वागतमा नेपालमा दीप प्रज्वलन


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाबरी मस्जिद– राम मन्दिर विवादमाथि भारतीय सर्वोच्च अदालतले गरेको अन्तिम फैसलाको स्वागत गर्दै शनिवार नेपालमा पनि विभिन्न स्थानमा दीप प्रज्वलन  गरिएको छ ।

विश्व हिन्दु परिषद् नेपालले विरगंजमा नेपाल भारत मैत्री युवा संघ सप्तरीको आयोजनामा सप्तरीको राजविराजस्थित जनआन्दोलन चोकमा दीप प्रज्वलन गरेको हो ।

त्यसैगरी वैष्णव संघ नेपाल, विश्व हिन्दु परिषद, हिन्दु जागरण महासंघ, एकल विद्यालय अभियान लगायतले पनि विज्ञप्ति जारी गर्दै भारतीय सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन् ।

भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित भूमि हिन्दूको पक्षमा फैसला गर्दै  मस्जिदका लागि छुट्टै जमिन दिन आदेश दिएको हो।

सर्वोच्च अदालतका मुख्य न्यायधिश रञ्जन गोगोईको अध्यक्षतामा रहेको संवैधानिक इजलासले शनिबार उक्त विवादमाथि फैसला सुनाएको हो । ४० दिनसम्मको लगातार सुनुवाइ १६ अक्टोबरमा सकिएको थियो।

गोगोईले शुक्रबार उत्तर प्रदेश उच्च अधिकारीलाई बोलाएर फैसलाका दिन कानुनी व्यवस्था कडा बनाउन निर्देशन दिएका थिए। फैसलालाई ध्यानमा राखेर अयोध्यामा भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको भारतीय संचारमाध्यामले जनाएका छन्।

सुरक्षाकै कारण उत्तर प्रदेश, कर्नाटक, मध्य प्रदेश, दिल्ली रराजस्थानमा विद्यालय र कलेज बन्द गरिएका छन् ।

यसैबीच, अयोध्यामा राम मन्दिर बनाउने फैसलाको खुशीयालीमा जनकपुरधाममा समेत मिठाइ बाँडिएको छ । रामको ससुराली मानिने जनकपुरधाममा मिठाई बाँड्नुका साथै दिपावली गरिएको हो ।

जानकी मन्दिरका साधुसन्तहरुले मिठाई बाँडेका छन् । दर्शनका लागि आउने श्रद्वालुसहित आवतजावत गर्नेहरुलाई मिठाई बाँडिएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : ५२ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने