एक हप्ताअघि बेपत्ता भएकी महिलाको शव गाडिएको अवस्थामा भेटियो « Khabarhub

एक हप्ताअघि बेपत्ता भएकी महिलाको शव गाडिएको अवस्थामा भेटियो


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सप्तरी – एकहप्ता अगाडि बेपता भएकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाकी ३६ वर्षीया अनितादेवी रायको आज शव गाडिएको अवस्थामा फेला परेको छ ।

सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार गत सातादेखि बेपत्ता भएकी रायको शव सोही गाउँपालिका–५ स्थित कोशी नदी किनारमा सडेको अवस्थामा फेला परेको हो ।

मृतकको शव हातखुट्टा र घाँटीमा डोरीले ढुङ्गा बाँधेर पानीमा डुबाएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए ।

यही वैशाख २४ गते राति छिमेकीको छोराको विवाहमा घरका अधिकांश सदस्य जन्ती गएको मौका छोपी अनिता देवीलाई पाँच÷छ जनाको समूहले घरबाटै जबर्जस्ती अपहरण गरी लगेको स्थानीयवासीको भनाइ छ ।

परिवारका सदस्यहरुले तत्काल प्रहरीलाई जानकारी गराएका थिए । खोजतलासका क्रममा उनको शव क्षत्विक्षत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ९ : ५२ बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति