ट्रम्प र सीबीच बेइजिङमा वार्ता « Khabarhub

ट्रम्प र सीबीच बेइजिङमा वार्ता

चीन र अमेरिका प्रतिद्वन्द्वी होइन, साझेदार बनौँ : राष्ट्रपति सी


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका एकअर्काका प्रतिद्वन्द्वी नभएर साझेदार बन्नुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय वार्ताअघि सीले यस्तो धारणा राखेका हुन् ।

बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल’ बाहिररेड कार्पेटमा राष्ट्रपति सी र ट्रम्पले हात मिलाउँदै उच्चस्तरीय वार्ताका लागि प्रवेश गरेका थिए । दुवै नेता आजै साँझ आयोजना हुने विशेष राजकीय भोज मा समेत सहभागी हुने कार्यक्रम छ ।

दुई महाशक्ति राष्ट्रका प्रमुखबीच हुने यस वार्तामा मुख्यगरी भन्सार महसुल, प्रविधि क्षेत्रको प्रतिस्पर्धा, इरान युद्ध र ताइवान मामिला एजेन्डाका रूपमा रहेका छन् ।

सन् २०१७ पछि पहिलोपटक चीन भ्रमणमा आएका ट्रम्पसँगै यसपटक अमेरिकी प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पनि बेइजिङ पुगेका छन् । टेस्लाका प्रमुख एलन मस्क र एनभिडियाका जेन्सेन हुवाङ ट्रम्पको टोलीमा सहभागी छन् । बेइजिङ ओर्लिनुअघि ट्रम्पले अमेरिकी उद्योगका लागि चीनले आफ्नो बजार ‘खुला’ गर्नुपर्ने माग राख्ने बताएका थिए ।

इरान युद्धका कारण गत मार्चका लागि तय भएर पनि रोकिएको यो भ्रमण अहिले विशेष चासोका साथ हेरिएको छ । सन् २०१७ को तुलनामा अहिलेको चीन थप शक्तिशाली र दृढ देखिएको छ, जसले आफूलाई एक स्थिर विश्वव्यापी शक्तिका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ ।

दुई नेताबीचको यो संवादले विश्व राजनीति र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ८ : ३७ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि