सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार एक पत्र जारी गर्दै अस्पतालको जग्गामा भएका अतिक्रमण हटाउन र साँध–सिमाना सुरक्षित गर्न तत्काल कदम चाल्न निर्देशन दिएको हो । मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुलुकभरका प्रमुख अस्पताल, शैक्षिक प्रतिष्ठान र केन्द्रहरूलाई पत्र पठाउँदै आफ्नो जग्गाको वस्तुस्थिति स्पष्ट पार्न भनेको छ ।

निर्देशनअनुसार अस्पतालहरूले स्वीकृत नक्सा बमोजिम आफ्नो सिमाना यकिन गर्नुपर्नेछ र जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भएको भए त्यसको विस्तृत विवरण तयार पार्नुपर्नेछ । यदि अस्पतालको जग्गामा अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय तोकेर लिखित रूपमा सूचना जारी गर्न मन्त्रालयले आदेश दिएको छ ।

तोकिएको समयभित्र पनि अनधिकृत संरचना नहटाइएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायहरूसँग समन्वय गरी बल प्रयोग गरेरै भए पनि अतिक्रमण हटाउन र अस्पतालको भोगाधिकार पुनः कायम गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यसका साथै, अतिक्रमणमुक्त गराइएको वा हाल खाली रहेको जग्गामा पुनः अतिक्रमण हुन नदिन अनिवार्य रूपमा कम्पाउन्ड वाल (घेराबार) लगाउन र अन्य सुरक्षात्मक उपायहरू अपनाउन भनिएको छ ।

मन्त्रालयले अस्पतालको जग्गासम्बन्धी लालपुर्जा र स्रेस्ताहरू अध्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न समेत सम्बन्धित अस्पताल प्रमुखहरूलाई सचेत गराएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ११ : ३६ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा