संसदमा एमालेको प्रश्न : ‘कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन ?’ « Khabarhub

संसदमा एमालेको प्रश्न : ‘कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन ?’


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी दल नेकपा एमालेले मुलुकमा कतै बालेन तन्त्र हावी हुन आँटेको त होइन भन्दे प्रश्न गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर महरले सभामुख मार्फत प्रधानमन्त्री वालेन्द्र शाहले लोकतन्त्र भन्दा पनि बालेनतन्त्र विकास गर्न खोजेको हो भन्दै प्रश्न गरेका हुन् ।

साथै उनले प्रधानमन्त्री शाहले पटक पटक संसद्को उपेक्षा गरेको तथा हुर्मत लिने काम भएकोप्रति गम्भीर चासो र चिन्ता रहेको बताए ।

उनले प्रतिनिधि सभाप्रति प्रधानमन्त्री शाह उत्तरदायी नभएकाले आफूहरूले यसको सधैँ विरोध गर्ने बताए ।

‘सरकारले कुन शासन व्यवस्था चलाए अवलम्बन गरिरहेको छ । संविधानमा भएको कि अरु कुनै । कतै बालेनतन्त्र त हावी हुन आँटेको होइन । सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ । जवाफदेही बन्नुपर्छ । त्यो जवाफदेही बन्ने भनेको सरकारको नीति तथा कार्यक्रममा हो।’ महरले भने, ‘कुरा नियतको हो । त्यसैले प्रधानमन्त्रीको सदनमा उपस्थित चाहन्छौँ उहाँले जवाफ दिनुहोस् भन्ने चाहन्छौँ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १२ : ११ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली