त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य « Khabarhub

त्रिविको निमित्त उपकुलपति बने प्रा. डा. सुशील बज्राचार्य


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशील बहादुर बज्राचार्य ल्याएको छ।

तत्कालीन सरकारद्वारा नियुक्त पदाधिकारी हटाउन वालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेश ल्याएसँगै विश्वविद्यालय खाली भएको थियो ।

अध्यादेश आउनुअघि नै उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवम् कुलपति बालेन शाहले बज्राचार्यलाई निमित्तको जिम्मेवारी दिएका हुन् ।

अध्यादेश जारी हुनुअघि नै त्रिविको उपकुलपतिबाट प्रा. डा. दीपक अर्याल र रेक्टर खड्ग केसीसहितले राजीनामा दिएका थिए ।

उनीहरूसँगै रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पनि राजीनामा दिएका थिए । विश्वविद्यालय पदाधिकारीविहीन भएएपछि बज्राचार्य निमित्त बनाइएको हो ।

विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भएर आवेदन लिन थालिएको छ। उपकुलपतिका लागि आवेदन दिने समय १० दिन तोकिएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  २ : ५९ बजे

रेसुङ्गाले गर्‍यो १० जना उद्यमीलाई सम्मान

गुल्मी– रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’का सर्वोत्कृष्ट

चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग

गुल्मीमा खडेरीले किसान चिन्तित

गुल्मी– जिल्लामा अधिकांश खेत आकासेपानीमा निर्भर भएका कारण कृषकलाई धान

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता

ईयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल

ब्रसेल्स– युरोप र चीनबीचको व्यापारिक तनाव वार्ताबाट समाधान गर्ने पहलसहित