पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त « Khabarhub

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त


३१ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वमन्त्री पाण्डेसँग रु चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले तनहुँका सञ्जय भट्ट र काठमाडौँका भाष्करराज अर्यालसँग रु १०/१० लाख, सुनसरीका जीवनकुमार दास र मकवानपुरका सागर कटुवालसँग रु पाँच/पाँच लाख, नुवाकोटका प्रकाश ढुङ्गाना, काठमाडौँका अमृत बोहोरा, दोलखाका अनिल श्रेष्ठ, धादिङका टङ्ककुमार श्रेष्ठ, सिरहाका स्वदेश पोखरेल र काठमाडौँका ऋषिकेश गौलीलाई जनही रु चार लाख धरौटीमा छाडन आदेश दिएको हो ।

अदालतले उक्त प्रकरणमा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा पूर्वमन्त्री पाण्डेसहितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यही वैशाख ११ गते पक्राउ गरी २२ जनालाई प्रतिवादी बनाइएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहीबार  ९ : ५१ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह