रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल « Khabarhub

रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड – उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा बिहीबार रेलिगेसनमा परिसकेको रियल ओभिएडोमाथि २–० को सान्त्वना जित दर्ता गरेको छ । सान्टियागो बर्नाबाउमा भएको खेलमा गोन्जालो गार्सिया र जुड बेलिंघमले गोल गरे ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धाको पहिलो हाफमा गार्सियाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बेलिंघमले अर्को गोल थपेपछि टोलीको जित निश्चित भएको हो । अघिल्लो खेलमा बार्सिलोनासँग पराजित भएसँगै रियलको उपाधि रक्षा गर्ने अभियान समाप्त भएको थियो ।

यो जितपछि दोस्रो स्थानमा रहेको रियलको ३६ खेलबाट ८० अंक पुगेको छ । शीर्ष स्थानको बार्सिलोना ९१ अंकसहित च्याम्पियन बनिसकेको छ । लिगमा अब दुई चरणका खेल मात्र बाँकी छन् ।

पराजित ओभिएडो २९ अंकसहित तालिकाको पुछारमा छ र यसअघि नै रेलिगेसनमा परिसकेको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ८ : १६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा