अनौपचारिक शिक्षा तथ्यांक एकीकृत गरिँदै « Khabarhub

अनौपचारिक शिक्षा तथ्यांक एकीकृत गरिँदै


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्यांकलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली  (इमिस) मा आबद्ध गराएको छ ।
     
केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा १२ सम्मको सबै तथ्यांक अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्यांक पनि संकलन आरम्भ गरेको हो । 

केन्द्रका निर्देशक माधवप्रसाद पोख्रेलले सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाइसँग सम्बन्धित हालसम्मको तथ्यांकको विवरण प्रविष्ट गरी अद्यावधिक गर्न पत्राचार गरिएको जनाए।
     
मन्त्रालयबाट प्रकाशित ‘शैक्षिक सूचना, २०८१’ अनुसार मुलुकभर दुई हजार १५१ सामुदायिक सिकाइ केन्द्र, १२१ खुला विद्यालय र १७१ अनौपचारिक विद्यालय रहेका छन् ।
 

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १० : २५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली