पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ९ सुरक्षाकर्मीको मृत्यु, २१ घाइते « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ९ सुरक्षाकर्मीको मृत्यु, २१ घाइते


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु, हुनुका साथै २१ जना घाइते भएको जनाइएको छ । 

बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती बमले भरिएको गाडीमा ठोक्किएर विस्फोट भए पछि सुरक्षाकर्मीको मृत्यु भएको र प्रहरीले जनाएको छ ।

बजौर जिल्लाको स्काउट्सको मुख्यालयमा स्थानीय समय अनुसार वेलुका ७ः५५ मा विस्फोट भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले  जनाएको छ ।

स्रोतहरूबाट प्राप्त प्रारम्भिक जानकारीका अनुसार, विस्फोटक पदार्थले भरिएको गाडी  स्काउट परिसरको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले यसलाई रोक्ने प्रयास गरे पछि गेट र वरपरका पर्खालहरूलाई क्षति पुग्ने गरी विस्पोट भएको जनाइएको छ ।

विस्फोट पछि, भारी हतियारधारी आतंककारीहरूले गोला बारी गर्दा मुख्यालय भित्र तैनाथ सुरक्षा बलहरूसँग गोलीबारी सुरु भएको स्रोतले जनाएका छन् । 

गोलीबारी कम भए पछि परिसर भित्र उद्धार र निकासी कार्य सुरु गरिएको जनाउदै अधिकारीहरूले मृतक तथा घाइतेहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताएका छन् । 

गोली हानाहानको क्रममा धेरै आतंकवादीहरू पनि मारिएको स्रोतहरूले बताएका छन् । सुरक्षा बलले यस क्षेत्रमा अपरेसन जारी राखेको कारण क्षतिको प्रकृति र सीमाको अझै पनि मूल्यांकन भइरहेको जनाइएको छ ।  

घाइते सैनिकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ भने अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ११ : ०० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली