रियलको जीतमा बेन्जिमाको २ गोल « Khabarhub

रियलको जीतमा बेन्जिमाको २ गोल


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिम बेन्जिमाले निरन्तर प्रभाव जमाउँदा रियल मड्रिडले स्पेनिस लिगमा ईबरलाई हराएको छ ।

शनिबार राति भएको खेलमा रियलले ईबरलाई ४–० ले हराएको हो । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । कप्तान सर्जियो रामोस र भाल्भर्डेले एक एक गोल गरे ।

बेन्जिमाले १७ औ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । सर्जियो रामोसले २० औ मिनेटमा पेनाल्टीमार्फत रियलको अग्रता दोब्बर बनाए ।

बेन्जिमाले २९ औ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए । दुई गोल गरेका बेन्जिमाले क्लब ईतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको छैटौ स्थानमा रहे । उनले लिजेण्ड हंगेरीका फरवार्ड फरेन्क पुस्कसलाई पछाडी छाडे ।

रियलले जितेपछि शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबरी गरेको छ । दुवै टिमको २५ अंक भएको छ ।

तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा छ । ईबर १५ अंक सहित तालिकाको १५ औ स्थानमा रह्यो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ३४ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ