रियलको जीतमा बेन्जिमाको २ गोल « Khabarhub

रियलको जीतमा बेन्जिमाको २ गोल


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिम बेन्जिमाले निरन्तर प्रभाव जमाउँदा रियल मड्रिडले स्पेनिस लिगमा ईबरलाई हराएको छ ।

शनिबार राति भएको खेलमा रियलले ईबरलाई ४–० ले हराएको हो । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे । कप्तान सर्जियो रामोस र भाल्भर्डेले एक एक गोल गरे ।

बेन्जिमाले १७ औ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । सर्जियो रामोसले २० औ मिनेटमा पेनाल्टीमार्फत रियलको अग्रता दोब्बर बनाए ।

बेन्जिमाले २९ औ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए । दुई गोल गरेका बेन्जिमाले क्लब ईतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको छैटौ स्थानमा रहे । उनले लिजेण्ड हंगेरीका फरवार्ड फरेन्क पुस्कसलाई पछाडी छाडे ।

रियलले जितेपछि शीर्ष स्थानको बार्सिलोनासंग अंक बराबरी गरेको छ । दुवै टिमको २५ अंक भएको छ ।

तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा रियल दोस्रो स्थानमा छ । ईबर १५ अंक सहित तालिकाको १५ औ स्थानमा रह्यो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ७ : ३४ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध