सहकारी ठगीमा रास्वपाका अर्का नेता पनि जोडिए, रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी « Khabarhub

सहकारी ठगीमा रास्वपाका अर्का नेता पनि जोडिए, रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का नेता जोडिएका छन् ।

कास्की प्रहरीले रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध जिल्ला अदालतमार्फत् पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी गरिएकामध्ये एकजना रास्वपा नेता रेग्मी पनि परेका हुन् ।

पक्राउ पुर्जी जारी भएसँगै रास्वपा स्याङ्जाका नेता रेग्मी फरार भएका छन् । उक्त सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने र पटक–पटक ताकेता गर्दा पनि अटेर गर्नेहरूमाथि प्रहरीले अनुसन्धान बढाएको छ। कास्की प्रहरीका एक अधिकृतले पुर्जी जारी भएको पुष्टि गरेका छन् ।

फरार भएका बोधराज रास्वपाबाट स्याङ्जा क्षेत्र नम्बर १ मा विजयी प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव हुन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

रेग्मी रास्वपाका एक युवासँगै ०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ बाट उम्मेदवार पनि हुन् । उनी स्याङ्जाको पुतलीबजार नगरपालिका-५, नयाँबजारका बासिन्दा हुन् ।

यसअघि २०८० मंसिरमै उक्त सहकारी सञ्चालकहरूविरुद्ध कारबाही अघि बढेको थियो । सहकारीको रकम हिनामिना आरोपमा त्यसबेला पक्राउ पुर्जी जारी हुनेमा वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म थिए ।

त्यसबेला पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी, ताण्डव न्यूज डटकमका सम्पादक समेत रहेका एमाले पोखरा २१ का इन्चार्ज अर्जुन गिरी, सहकारीका उपाध्यक्ष विजय लम्साल र सहकारीका कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी गरिएको थियो। जसमध्ये केही अहिले जेल सजाय काटिरहेका छन् ।

संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी पहिले नै समातिएका थिए । बचतकर्ताको रकम फिर्ता नदिएपछि पीडितहरूले उजुरी दिएका थिए । सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार सहकारीको वित्तीय विवरणमा कैफियत देखिएको र २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरेको निकालेको थियो ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ५ : ०६ बजे

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन