विद्यार्थीलक्षित नियो स्टोरको ‘ब्याक टु स्कुल’ अफर « Khabarhub

विद्यार्थीलक्षित नियो स्टोरको ‘ब्याक टु स्कुल’ अफर


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नियो स्टोर ले विद्यार्थीलाई लक्षित गर्दै ‘ब्याक टु स्कुल’ अफर सार्वजनिक गरेको छ । एसईईको नतिजा सार्वजनिक भएसँगै कक्षा ११ अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी कम्पनीले उक्त योजना ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार अहिलेको शैक्षिक वातावरणमा प्रोजेक्ट तयार गर्न, अनलाइन अध्ययन गर्न, नोट बनाउन तथा नयाँ सीप सिक्नका लागि ल्यापटपलगायत डिजिटल डिभाइस विद्यार्थीका लागि अत्यावश्यक बन्दै गएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै विशेष छुटसहितको अफर सञ्चालन गरिएको हो ।

अफरअन्तर्गत विद्यार्थीले आफ्नो परिचयपत्र देखाएर ल्यापटप तथा अन्य डिजिटल डिभाइस खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, विभिन्न डिभाइस खरिद गर्दा ब्याग, हेडफोन, स्मार्टवाचलगायतका एक्सेसरिज निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विद्यार्थीहरूले आफूसँग भएका पुराना डिभाइस साटेर नयाँ डिभाइस एक्सचेन्ज गर्न सक्ने सुविधा पनि उपलब्ध हुनेछ । त्यस्तै, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा मार्फत डिभाइस खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

यस योजनाअन्तर्गत खरिद गरिएका डिभाइसमा एक वर्षको बिमा तथा दुई वर्षसम्मको वारेन्टी सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ५ : ०४ बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’