जेठ २१ भित्र कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्ने « Khabarhub

जेठ २१ भित्र कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्ने


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य आगामी २०८३ जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ ।

पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको सभापतित्वमा ललितपुरको बी.पी. स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

क्रियाशील सदस्यताको अभिलेखीकरणलाई बलियो र व्यवस्थित बनाउन कांग्रेसले यस पटक विभिन्न डिजिटल माध्यमहरूलाई प्रयोगमा ल्याएको छ ।

पार्टीले आफ्नो सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ को व्यवस्था गरेको छ, जसको माध्यमबाट प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइन फारम भरी विवरण अद्यावधिक गर्न सक्नेछन् । यो सुविधा विदेशस्थित ‘नेपाली जनसम्पर्क समिति’ हरूका लागि पनि उपलब्ध गराइएको छ ।

डिजिटल प्रणाली प्रयोग गर्दा आउने समस्या समाधानका लागि पार्टीले विशेष प्राविधिक सहयोगको समेत व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ७ : ४० बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले