क्यान्सर नियन्त्रणमा ब्रोकाउली किफायती  | Khabarhub Khabarhub

क्यान्सर नियन्त्रणमा ब्रोकाउली किफायती 


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रोकाउली सामान्यतया तरकारीका रुपमा हामीले प्रयोग गर्दै आएका छौं । यसमा प्रशस्त मात्रामा भिटामिन ‘के’ र ‘सी’ पाइन्छ । यसले क्यान्सर जस्तो खतरनाक रोग नियन्त्रणमा समेत ठूलो भूमिका निभाउने चिकित्सकहरु बताउँछन् ।

ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर पाइन्छ। यसमा पाइने भिटामिन सीले शरीरमा टिस्यु तथा हाडका लागि आवश्यक तत्त्व उत्पादनमा सहयोग गर्छ। यसका कारण चोटपटक निको हुन सहयोग पुग्छ।

यसमा हुने ‘बायो एक्टिभ कम्पाउण्ड’ले संक्रमणलाई रोक्न सहयोग गर्छ। यस्तै घाउ सुन्निनबाट राेक्न तथा संक्रमण हुन नदिन यसले महत्त्वपूर्ण भूमिका खेल्छ।

यसमा भएकाे बायोएक्टिभ कम्पाउण्डले शरीरका कोषिका मर्न नदिने भएकाले केही प्रकारका क्यान्सरविरुद्ध पनि यसले प्रभावकारी काम गर्छ। ब्रोकाउलीले स्तन, आन्द्रा र मिर्गौलामा हुने क्यान्सर र प्रोस्टेट क्यान्सर रोक्न मद्दत पुर्‍याउँछ ।

ब्रोकाउलीमा हुने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा नियन्त्रण राख्न पनि सहयोग गर्छ। मुटुसम्बन्धी समस्या कम गर्न पनि ब्रोकाउली उपयुक्त मानिन्छ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : ०८ बजे

खानेकुरा कुरिरहेकामाथि इजरायली आक्रमण, एकैदिन २६ जनाको मृत्यु

एजेन्सी – गाजाको नागरिक सुरक्षा निकायका अनुसार इजरायली गोली प्रहार

नाडा अटो प्रदर्शनी भदौ ३ देखि ८ गतेसम्म

ललितपुर – यस वर्षको नाडा अटो प्रदर्शनी आगामी भदौ ३

बान्टमवेट च्याम्पियन ढाँटलाई दुर्गाथली गाउँपालिकाबाट एक लाख ११ हजार आर्थिक सहयोग

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका रवीन्द्र

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी