मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए « Khabarhub

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन् । हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको थियो । 

सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोली खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनि खोँचमा शव फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए ।

उनका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा उद्धार टोली खोज्दै जाँदा भीरबाट धेरै तल कपडा देखेपछि तीन घण्टा लगाएर तल झरेको थियो । 

अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकिएको बताए। 

‘अप्ठ्यारो भूगोलका कारणले मानिसले बोकेर माथि ल्याउन सकिने अवस्था छैन । हेलिकप्टरबाट उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराएका थियौँ । चार घण्टासम्म कुर्दासमेत हेलिकप्टर नआएपछि हामी पुनः हाइक्याम्प फर्किएका छौँ,’ तामाङले भने। 

मर्दीको लोक्याम्पमा बास बसेर भोलिपल्ट समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित मर्दीको भ्युपोइन्ट पुगेका उनी ‘टिसप’मा आफ्नो झोला राखेर ‘केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु भन्दै’ निस्किएका थिए । 

भिक्षु साँझसम्म नफर्किएपछि भोलिपल्ट स्थानीयले खोजी गरेका थिए । दुई दिनसम्म खोजी गर्दा पनि हराएका व्यक्ति फेला परेका थिएनन् । शनिबार सुरक्षाकर्मी पुगेपछि स्थानीयसहितले पुनः खोजी अघि बढाएका थिए ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ६ : ५९ बजे

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा

नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार