बंगलादेशमा ‘बुलबुल’ आँधीको प्रभाव : ४ लाख मानिसलाई सुरक्षित स्थान सारियो | Khabarhub Khabarhub

बंगलादेशमा ‘बुलबुल’ आँधीको प्रभाव : ४ लाख मानिसलाई सुरक्षित स्थान सारियो


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बंगलादेश- बंगलादेशमा बुलबुल नामक आँधीका कारण जनजीवन प्रभावित बनेको छ ।

आँधीका कारण चार लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले कुल १८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिने जनाएको छ । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाएका छन् ।

पश्चिम बङ्गाल–खुल्ना तट पार गरिसकेको बुलबुल आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ११ : ३७ बजे

टी–२० आईमा भीम सार्कीको डेब्यू

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छ : राजदूत अन्सारी

काठमाडौं– नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीले नेपाल

दिलभुषणविरुद्ध साइबर–५९, अमरेशविरुद्ध आरजु !

काठमाडौं– पूर्वकांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले गत

टाटासुमोका १० मध्ये आठजना चालक लागुऔषधको नशामा भेटिए

काठमाडौं– काठमाडौंको बल्खुस्थित सुमो काउन्टरमा कार्यरत सवारी चालकहरूले लागुऔषध सेवन