कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा « Khabarhub

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आज बिहान १०ः १२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । उनले विश्वको सर्वोच्च शिखरमा सबैभन्दा धेरै पुग्ने आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ इतिहास रचेका हुन् ।

यसअघि सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्दै आएका शेर्पाले यसपटक भने ‘फोर्टिन पिक्स एक्सिपिडिसन’ मार्फत सञ्चालित ‘एडभेन्चर–२४ फोर्टिन पिक्स एभरेष्ट एक्सिपिडिसन’को नेतृत्व गर्दै ऐतिहासिक सफलता हाँसिल गरेका हुन् ।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेक्नुभएका कामिरितालाई विश्वभर ‘एभरेष्ट म्यान’का रुपमा चिन्ने गरिन्छ । फोर्टिन पिक्स एक्सिपिडिसनका संस्थापक टासी लाक्पा शेर्पाले कामिरिताको उक्त उपलब्धि नेपाल र विश्व पर्वतारोहण समुदायका लागि गौरवको विषय भएको बताए।

‘कामिरिताको यो उपलब्धि केबल व्यक्तिगत सफलता मात्र नभई नेपालको शान र हिमालको भावनालाई विश्वमाझ पु¥याउन एउटा ठूलो माध्याम हो, हामी उहाँको यो निरन्तरको यात्राको सहयोगी बन्न पाएकामा अत्यन्त गर्व गर्दछौँ’, उनले भने ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ९ : ४४ बजे

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण