रामकुमारीले भनिन्- सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न हुँदैन « Khabarhub

रामकुमारीले भनिन्- सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न हुँदैन


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियभा सदस्य रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा नागरिकलाई तर्साएर शासन गर्न नहुने बताएकी छन्  । 

बैठकको शून्य समयमा बोल्ने क्रममा उनले कानुन विपरीत काम गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । 

सांसद रेखाकुमारी झाले नीति तथा कार्यक्रमले जनतामा आशा जगाउन नसकेको बताउँदै जनतालाई रोजगारी र विकास दिन सरकारसँग माग गरिन् ।
 
सांसद रोशनी मेचेले देशको शान्तिसुरक्षा खस्किँदै गएको, धेरै व्यक्तिको हत्या भएको र अनलाइनबाट धेरै ठगी भइरहेको अवस्थामा मुलुकमा शान्ति सुरक्षामा ध्यान दिने गृहमन्त्री नभएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सम्झना देवकोटाले जेन-जी प्रदर्शनका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिन् ।

सांसद सोमनाथ पोर्तेलले भारतीय आयल कर्पोरेसन नेपालले पेट्रोलियम पदार्थ ल्याउने गरेको र भारतमा भन्दा नेपालमा डिजेल रु ६७, पेट्रोल रु ४८ र एलपी ग्यास रु ५५५ बढी भएर पनि नेपाल आयल निगम घाटामा भएको भन्ने भनाइप्रति सरकारको ध्यानाकर्षण गराए ।   

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ३ : ०२ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली