कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन « Khabarhub

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ ।

पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न आज १२ उपसमिति गठन गरेका हुन् ।

उनले भूमि व्यवस्था विशेष अभियान उपसमितिमा डा गोपाल दहित (सुकुमवासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागि), विपद् व्यवस्थापन उपसमितिमा मानबहादुर थापा (पूर्वतयारी, उद्धार र पुनर्स्थापनाका लागि), मानसिक स्वास्थ्य सचेतना उपसमितिमा मोहना अन्सारीलाई जिम्मेवारी दिएका छन् ।

यसैगरी, सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा ई. दीपेश विष्ट, निर्वाचन प्रणाली सुधार उपसमितिमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा ई. अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिमा खगेन्द्र आचार्य र शिक्षा र शिक्षालय नीति उपसमितिमा डा कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, बिपी ज्ञान केन्द्र उपसमितिमा प्रकाश लामिछाने, जातीय विभेदविरुद्ध सचेतना उपसमितिमा एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिमा प्रकृति भट्टराई र ग्रिन टेबल उपसमितिमा कञ्चन झालाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनले आन्तरिक आचारसंहिता निर्माणका लागि उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका छन् । 

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ४ : २८ बजे

कांग्रेसद्वारा विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन

काठमाडौं- नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक