पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन « Khabarhub

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन आफूहरूले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका छन् । 

सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताका प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएका कारण प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन आफूहरूले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका हुन् । 

प्रधानमन्त्रीले थिति बनाउन नसके आगामी दिनमा बेथितिहरू मौलाउँदै जाने उनले बताए । संसदभित्र पर्चा देखाएर विरोध गर्न मिल्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष साम्पाङले कानुन बनाउने मान्छेलाई कानुन नसिकाउन सुझाव दिए । 

उनले संसदभित्रै जस्तोसुकै स्वरूपमा विरोध गर्न सक्ने गरी आगामी दिनमा कानुन बनाउने समेत उल्लेख गरे । प्रधानमन्त्री सदनमा आउनुपर्छ भन्ने कानूनमा भएको व्यवस्थालाई प्रधानमन्त्रीले नै उलङ्घन गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ४ : ५८ बजे

कांग्रेस संसदीय बैठक : सुनसरीलगायतका घटनाको न्यायिक छानबिनको माग

काठमाडौं- नेपाली कांग्रेसले सुनसरीलगायत विभिन्न स्थानमा भएका घटनाको निष्पक्ष र स्वतन्त्र

कक्रोचको बलमा जनसुराजले उठायो टाउको, नेतालाई सल्लाह दिने पीकेले तोडे भाजपाको किल्ला

काठमाडौं- भारत बिहार राज्यको बाँकीपुरमा भाजपाको गढ भत्काउँदै वैकल्पिक राजनीतिक

जनार्दनको पहलमा छुट्टै राजनीतिक मोर्चा : उपेन्द्र, प्रभु, सीके र रेशमसमेत जोडिँदै

काठमाडौं- जनार्दन शर्माले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न