दयाहाङ र उपासनाको ‘कबड्डी ३’ ५१ औ‌ं दिनमा, कमाइ यति करोड ! | Khabarhub Khabarhub

दयाहाङ र उपासनाको ‘कबड्डी ३’ ५१ औ‌ं दिनमा, कमाइ यति करोड !


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षकै ब्लकबस्टर फिल्म ‘कबड्डी ३’ ले ५१ औँ दिन मनाएको छ । व्यावसायिक हिसाबले समेत धमाकेदार व्यापार गर्न सफल यो फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आएको थियो ।

शनिवार राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण सिनेमा र अष्टनारायण हलमा फिल्म ५१ औँ दिनमा प्रदर्शनमा आएको हो । फिल्मले ५१ औँ दिनमा आइपुग्दा १४ करोड ग्रस कलेक्सन गरेको वितरक कम्पनी स्टेशन फाइभले जनाएको छ ।

‘कबड्डी’ सिरिजका फिल्ममध्ये यति धेरै कमाउन सफल यही भाग बनेको छ । निर्माण टिमले फिल्मको चौँथो सिरिज पनि बन्ने जनाइसकेको छ ।

यस वर्ष प्रदर्शनमा आएका अन्य दुई फिल्म ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ ले ५१ औँ दिन मनाउन सफल भएका थिए । ‘कबड्डी ३’ यस वर्ष ५१ औँ दिन मनाउने तेस्रो फिल्म बनेको छ । यद्यपि केही प्रतीक्षित फिल्म रिलिजमा र रिलिज हुन बाँकी छन् ।

कलेक्सनका हिसाबले भने ‘कबड्डी ३’ नै यस वर्ष अहिलेसम्म सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणि नेपाल, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका छ ।

स्किृप्ट सशक्त हुँदा दर्शकले यो फिल्म मन रुचाएका छन् । कमेडी विधामा निर्माण भएको यो फिल्ममा रामबाबु गुरुङको निर्देशन छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  १२ : ४४ बजे

‘जन्ते बाख्रो’को पोस्टर बाख्रो केन्द्रीय पात्र

काठमाडौं – आगामी जेठ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘जन्ते

आजको सागसब्जी र फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राजा चाल्र्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– संयुक्त अधिराज्यका लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेले राजा चाल्र्स

भोजपुर गोल्डकप : एपीएफ फाइनल प्रवेश

टक्सार– भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक