प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेका छन् ।

गत वैशाख २६ गते बसेको संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी दिन १० दिनको समय दिएको थियो ।

डा. शर्माविरुद्ध ती १० दिनमा १६ वटा उजुरी परेका संसद् सचिवालयले सोमबार जनाएको छ। प्राप्त उजुरी सुनुवाइ प्रक्रिया मंगलबारदेखि सुरू गर्ने तयारी छ ।

समितिले उजुरीकर्ताहरूलाई मंगलबार नै सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठक कक्षमा उपस्थित हुन भनेको छ।

प्रधानन्यायाधीश पदमा सिफारिस भएका शर्माको नियुक्ति अस्वीकृत गर्नुपर्ने माग गर्दै संघीय संसद्को संसदीय सुनुवाइ समितिमा एउटा लिखित निवेदन दर्ता परेको छ।

काठमाडौंको मैतीदेवीकी जस्मिन ओझाले दर्ता गरेको निवेदनमा डा. शर्माको नियुक्तिका विरुद्ध संवैधानिक योग्यता, नैतिकता, निष्पक्षता र संस्थागत शुचितासम्बन्धी गम्भीर प्रश्न उठाइएका छन्।

ओझाले संविधानले तोकेको योग्यता पूरा नगरी उच्च पद प्राप्त गर्ने प्रयासले प्रारम्भदेखि नै बदनियतपूर्ण नियतको संकेत गर्ने पनि बताएकी छन् ।

उनले यस्तो अवस्थामा नियुक्ति अस्वीकृत गर्नुका साथै आवश्यक भए महाभियोगको प्रक्रिया अघि बढाउन समेत माग गरेकी छन्।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ६ : ५२ बजे

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका