स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड « Khabarhub

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास गर्न थालिएको छ । गाउँपालिकाको पहिचानका रूपमा विकास भइसकेको ढाकाको कपडा, महलगायत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थालिएको हो ।

गाउँपालिका परिसरमा सञ्चालन भइरहेको ‘स्थानीय उत्पादन मेला २०८३’ मा स्थानीय उद्यमी आफ्ना उत्पादन देखाउन व्यस्त देखिन्छन् । मेलाले उत्पादक र उपभोक्तालाई प्रत्यक्ष भेट गराउने अवसर जुटाएको छ ।

बडिगाड गाउँपालिका(७ मा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएकी रविना थापाले मेलालाई आफ्नो उत्पादनको प्रचार गर्ने प्रभावकारी अवसरका रूपमा लिएका छन्। गाउँ नजिकैको वनमा खेर गइरहेको सालको पात प्रयोग गरेर दुनाटपरी उत्पादन गर्दै आएकी उनले बजार विस्तार अपेक्षाअनुसार हुन नसकेको गुनासो गरे ।

विसं २०७८ मा करिब रु तीन लाख ५० हजार लगानी गरेर उद्योग सुरु गर्नुभएकी थापाले वर्षमा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म कारोबार हुने गरेको जानकारी दिए । पूजाआजा र लगनका समयमा माग बढ्ने भएकाले आवश्यक पर्दा कर्मचारी राखेर उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

‘थापा बहुउद्देश्यीय कृषि फार्म’ बाट उत्पादन भएको महको बजारीकरण गर्न बडिगाड–६ का जीतबहादुर थापा मेलामा सहभागी भएका छन् । थापाले सेरेना जातका करिब १०० घार मौरीपालन गर्दै आएका छन् । उनले वर्षमा ६० देखि ७० घार मौरीसहित गोला बिक्री गर्नुका साथै करिब सात क्विन्टल मह उत्पादन गरिरहेको जानकारी दिए । मह प्रतिकिलो रु एक हजार ३०० मा बिक्री हुने गरेको भन्दै उहाँले वार्षिक रु १५ लाखसम्म कारोबार र करिब रु आठ लाख नाफा हुने गरेको जानकारी दिए ।

बडिगाडको पहिचान बनिसकेको ढाका उद्योग सञ्चालक मायाकुमारी केसीले ढाकाबाट बनेका कपडाको बिक्री वितरण भइरहेको जानकारी दिए । ‘बडिगाड ढाका एण्ड बुटिक उद्योग’ मार्फत छ जना महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्ने गरिएको उनले बताए । केसीका अनुसार उद्योगमा रेशमका साडी, कुर्था, कोट, सल, झोला तथा टोपी उत्पादन हुँदै आएका छन् । स्थानीय बजारमा मात्रै सीमित रहेको व्यापार पछिल्लो समय अनलाइनमार्फत विस्तार हुन थालेको उनले बताए ।

स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले ‘बडिगाड स्थानीय उत्पादन मेला २०८३’ आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको मुख्य आयोजना तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन, जीप र दायित्व संस्थाको सहकार्यमा साताव्यापी मेला सञ्चालन गरिएको हो ।

‘महिला बडिगाड उद्यमी आइकन छनोटका लागि विभिन्न चरणका कार्यक्रम सञ्चालन गरेका छौँ’, अध्यक्ष अधिकारीले भने, ‘हाल उत्कृष्ट १० को चरणमा प्रवेश गरेका छौँ । स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सघाउने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।’

गाउँपालिकाले स्थानीयका सटर भाडामा लिएर उद्यमीलाई निःशुल्क कक्ष उपलब्ध गराएको छ । गाउँका उद्यमीलाई बजारसँग जोड्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । पोषण सप्ताहसमेत सञ्चालन भइरहेकाले स्थानीय कृषकले उत्पादन गरेका खाद्यान्न र स्थानीय अन्नबाट बनेका परिकारलाई मेलामा प्राथमिकताका साथ राखिएको छ । एक गतेदेखि सञ्चालित मेला जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ८ : ४९ बजे

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज