भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ « Khabarhub

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीशमा सिफारिस भएका डा मनोज शर्माविरुद्ध संसदीय समितिमा सोमबार कार्यालय समयसम्म १६ वटा उजुरी परेका छन् ।

गत वैशाख २६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।

उजुरी आह्वान गरिएको १० दिन आज सकिएको छ । शर्माविरुद्ध परेको उजुरी भोलि बिहान ८ बजेको संसदीय सुनुवाइ समितिको बैठकमा खोलिनेछ ।

सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार, उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।

भोलि नै बिहान १० बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल हुने उनको भनाइ छ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग सुनुवाइ चल्नेछ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १० : ३३ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको