प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सभाको मंगलबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विकास निर्माण, सुकुम्वासी समस्या, महँगी र रोजगारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीको दैनिकीमा समस्या भएको उल्लेख गर्दै ती सेन्टरमा राखिएका बालबालिकाको पठनपाठनमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ, सुकुम्वासीलाई सान्त्वना दिन पनि सरकारले सम्बोधन गर्नुपर्छ ।’

सांसद शम्भुप्रसाद ढकालले मुलुकका विभिन्न स्थानमा भएका आत्महत्याका घटनामा आत्महत्या गर्न बाध्य बनाउनेमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गरे । 

सांसद क्षितिज थेबेले पाथीभरा केबुलकार निर्माणको सम्बन्धमा सरकारको आधिकारिक धारणा आउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘पाथीभरामा निर्माणाधीन परियोजनाको विषयमा ताप्लेजुङ मात्रै होइन सिङ्गो देशको ध्यान केन्द्रित भएको छ, सरकारले मौखिक रुपमा काम रोकिएको भनेको छ, तर, सरकारको आधिकारिक धारणा के हो ?, मेरो प्रश्न छ, यो आयोजना बन्ने हो कि रोकिने हो ? ।’

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  १ : १३ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली