अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते « Khabarhub

अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण एउटा घर भत्किदा एक जना महिला र एक  जना बच्चासहित तीन जनाको मृत्यु भएको र अर्को एक जना गम्भीर घाइते भएको प्रान्तीय सरकारले मंगलबार जनाएको छ ।

अचिन जिल्लाको अब्दुलखैल क्षेत्रमा उक्त दुर्घटना भएको जनाइएको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले भत्केर क्षति ग्रस्त घरको भग्नावशेष बाट पीडितको शव बरामद गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एक जना १० वर्षीया बालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकाली तत्काल उपचारका लागि नजिकैको अस्पतालमा सारिएको उल्लेख गरिएको छ । 

अफगानिस्तानमा मौसमी प्रकोपको बिचमा आँधी आएको जनाइएको छ ।  आधिकारिक तथ्यांक अनुसार अप्रिल महिनामा मात्रै आएको भारी वर्षा, आकस्मिक बाढी र तिव्र आँधीबेहरीले खफगानिस्तानमा २०० भन्दा बढीको ज्यान लिएको छ। 

जसमध्ये धेरै महिला तथा बालबालिका भएको जनाइएको छ भने २५० भन्दा बढी घाइते भएका छन् । 

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  १ : ४८ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली