अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते « Khabarhub

अफगानिस्तानमा घर भत्किदा तीन जनाको मृत्यु, एक घाइते


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा सोमबार आएको शक्तिशाली आँधीका कारण एउटा घर भत्किदा एक जना महिला र एक  जना बच्चासहित तीन जनाको मृत्यु भएको र अर्को एक जना गम्भीर घाइते भएको प्रान्तीय सरकारले मंगलबार जनाएको छ ।

अचिन जिल्लाको अब्दुलखैल क्षेत्रमा उक्त दुर्घटना भएको जनाइएको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले भत्केर क्षति ग्रस्त घरको भग्नावशेष बाट पीडितको शव बरामद गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एक जना १० वर्षीया बालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकाली तत्काल उपचारका लागि नजिकैको अस्पतालमा सारिएको उल्लेख गरिएको छ । 

अफगानिस्तानमा मौसमी प्रकोपको बिचमा आँधी आएको जनाइएको छ ।  आधिकारिक तथ्यांक अनुसार अप्रिल महिनामा मात्रै आएको भारी वर्षा, आकस्मिक बाढी र तिव्र आँधीबेहरीले खफगानिस्तानमा २०० भन्दा बढीको ज्यान लिएको छ। 

जसमध्ये धेरै महिला तथा बालबालिका भएको जनाइएको छ भने २५० भन्दा बढी घाइते भएका छन् । 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  १ : ४८ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच