स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत  « Khabarhub

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च कमजोर देखिएको छ । 

महालेखा परीक्षकको कार्यालय को वार्षिक प्रतिवेदनअनुसार मन्त्रालयले कुल संशोधित बजेटको ८२ दशमलव ४९ प्रतिशत खर्च गरे पनि पुँजीगततर्फ भने अपेक्षाकृत न्यून खर्च भएको पाइएको हो ।

प्रतिवेदनअनुसार मन्त्रालय र मातहत निकायका लागि चालु आर्थिक वर्षमा ५१ अर्ब २६ करोड ३ लाख रुपैयाँ संशोधित बजेट कायम गरिएको थियो । त्यसमध्ये ४२ अर्ब २८ करोड ५७ लाख रुपैयाँ अर्थात् ८२ दशमलव ४९ प्रतिशत खर्च भएको उल्लेख छ ।

चालुतर्फ ३७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कायम बजेटमध्ये ३२ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ, जुन ८७ दशमलव ८४ प्रतिशत हो ।

तर पुँजीगततर्फ १३ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ बजेटमध्ये ९ अर्ब ३० करोड ५८ लाख रुपैयाँ मात्रै खर्च भएको देखिएको छ। यो कुल पुँजीगत बजेटको ६७ दशमलव ८६ प्रतिशत मात्र हो ।

महालेखा परीक्षकको प्रतिवेदनले पुँजीगत खर्च न्यून रहनुलाई विनियोजन दक्षतासँग जोड्दै बजेट कार्यान्वयन प्रणालीमा सुधार आवश्यक रहेको औँल्याएको छ ।
 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ३ : १७ बजे

नेपाल ट्रष्टको करिब २०० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी, सयौँ रोपनी निजी प्रयोगमा

काठमाडौं– नेपाल ट्रष्टको सयौँ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको

भरतमोहन पुत्री सांसद लीमाको टिप्पणी : लोकप्रिय कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारी आचार्यले ०५१

क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का

क्रोएसिया- चर्चित फुटबलर लुका मोड्रिच सोमबार क्रोएसियाको टोलीमा समावेश भएका

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च

स्वास्थ्य क्षेत्रमा सुस्त प्रगति, घटेन मातृ मृत्युदर र कुपोषण

काठमाडौं– सरकारको सोह्रौँ योजनाले तय गरेका स्वास्थ्य क्षेत्रका अधिकांश सूचकमा