देउवाले भने– वाइडबडीको वास्तविकता सार्वजनिक हुनुपर्छ | Khabarhub Khabarhub

देउवाले भने– वाइडबडीको वास्तविकता सार्वजनिक हुनुपर्छ


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाए ।

नेपाली कांग्रेसले सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरेको स्पष्ट गर्दै उहाँले सरकार सङ्घीयतालाई समेत कमजोर बनाउने क्रियाकलापमा लागिरहेको धारणा राखे ।

सभापति देउवाले सरकार प्रेसलाई नियन्त्रण गर्न खोजिरहेको छ भन्दै आफ्नो दल प्रेस स्वतन्त्रतालाई कुनै पनि हालतमा कुण्ठित हुन नदिने बताए । उनले प्रजातन्त्रको सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य भएको अवस्थामा अनलाइन, फेसबुक, ट्विटरलगायत सूचनाको हक, लेख, वाक स्वतन्त्रता हनन् गर्न खोज्ने सरकारको क्रियाकलाप कांग्रेसलाई सह्य नहुने पिन बताए ।

एक प्रश्नको जवाफमा उनले वाइडबडी प्रकरणको वास्तविकता सार्वजनिक हुनुपर्ने बताए ।

सभापति देउवाले सीताको जन्मभूमि, गौरवमय इतिहास, मिथिला, मैथिली सभ्यता र संस्कृति, ज्ञान, बौद्धिकताको उद्गमस्थल जनकपुृरधामलाई नै प्रदेश नं २ को स्थायी राजधानी बनाउनुपर्ने धारणा राखे ।

उनले मैथिली भाषा उत्कृष्ट, विकसित र समृद्ध भएकाले प्रदेश नं २ को कामकाजको भाषा मैथिली र प्रदेशको नामकरण मिथिला वा मिथिला–भोजपुरा गर्नुपर्ने बताए । एक प्रसङ्गमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घको अधिवेशन छिट्टै हुने पनि बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  २ : ४५ बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा