ट्रम्प र नेतन्याहूको हत्या गर्नेलाई इरानले ८०० करोड पुरस्कार दिने « Khabarhub

ट्रम्प र नेतन्याहूको हत्या गर्नेलाई इरानले ८०० करोड पुरस्कार दिने


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको संसद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको हत्या गर्ने व्यक्तिलाई झन्डै ८०० करोड रुपैयाँभन्दा बढी पुरस्कार दिने विधेयक ल्याउन सक्ने भएको छ।

यो घटनाक्रम त्यतिबेला आएको हो, जब ट्रम्पले इरानमाथि मंगलबार हुन लागेको ठूलो हमला हाललाई स्थगित गरेको घोषणा गरेका छन्।

द टेलिग्राफ यूकेको रिपोर्ट अनुसार, इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगले यो विधेयकको तयारी गरिरहेको छ। आयोगका प्रमुख इब्राहिम अजीजीले भनेका छन्, ‘इस्लामिक रिपब्लिकको सैन्य तथा सुरक्षा बलको जवाफी कारबाही’ नामको यो विधेयक तयार पारिँदै छ।

इरानी सांसद महमूद नबावियनले बताएअनुसार, संसद्ले छिट्टै त्यस्तो विधेयकमा मतदान गर्न सक्छ, जसले ट्रम्प र नेतन्याहूलाई मार्ने (जहन्नुम पुर्‍याउने) लाई पुरस्कार दिनेछ।

रिपोर्टमा इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेई लगायतका धेरै सैन्य तथा राजनीतिक नेताहरूको मृत्युपछि यो कदम चालिन लागिएको हो ।

इरानले फेब्रुअरीमा भएको संयुक्त अमेरिकी–इजरायली हमलाका लागि ट्रम्प, नेतन्याहू र अमेरिकी सेन्ट्रल कमान्डका एडमिरल ब्र्याड कूपर जिम्मेवार रहेको दाबी गरेको छ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ४ : १६ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन