निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका « Khabarhub

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।

यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रोपटक शून्य बेरुजु बनाउन सफल भएको हो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले सङ्घीय, प्रदेश र स्थानीय सरकारले बनाएको ऐन, कानुन र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताए।

बजेटको उचित कार्यान्वयनसँगै चन्दा, सहयोग नगरेको र सञ्चालन खर्चलाई घटाएर पुँजीगत खर्चलाई बढाउने कुरामा ध्यान दिएर जनप्रतिनिधि एवं कर्मचारीले सामूहिक रूपमा गरेको प्रतिबद्धताअनुसार नियम र कानुनको परिधिमा रहेर काम गरेका कारण निरन्तर रूपमा शून्य बेरुजु पालिका बनाउन सफल भएको उनको भनाइ छ । गाउँपालिकाले लगातार तेस्रोपटक ‘शून्य बेरुजु’ कायम गर्न सफल भई देशभरका स्थानीय तहका लागि उदाहरणीय सन्देश दिन सफल भएको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको १३ वटा स्थानीय तहमध्ये नगरपालिकातर्फ मण्डनदेउपुर सबैभन्दा कम ०.०५ प्रतिशत अर्थात् कुल लेखापरीक्षण रकमको १० लाख ४९ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै गाउँपालिकातर्फ चौँरीदेउराली ०.१८ प्रतिशत रहेको छ ।

जिल्लाका पनौती नगरपालिका ३.०४ प्रतिशत, नमोबुद्ध १.३८, धुलिखेल ०.६८, बनेपा ०.७१, पाँचखाल ०.१, बेथानचोक गाउँपालिका ०.५५, तेमाल ०.५, खानीखोला ०.५८, रोशी ०.६२ र भुम्लु गाउँपालिका ०.६८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।
 

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ४ : ४६ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा