कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम « Khabarhub

कामु प्रधानन्यायाधीशले आदेश दिँदा भागेका सर्वोच्चका कर्मचारीको हतारो, शर्माको शपथ नसकिँदै वेबसाइटमा फेरियो नाम


५ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ चल्दै गर्दा सर्वोच्च अदालत प्रशासन प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम चढाएको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नाम हटाएर हतार हतार शर्माको नाम अपडेट गरिएको हो ।

शर्माले सर्वोच्च पुगेर पदबहालीसमेत गरिनसक्दै सर्वोच्च प्रशासनका कर्मचारीले उनको नाम वेबसाइटमा प्रधानन्यायाधीशका रुपमा कायम गरेका हुन् ।

सोमबार मात्रै कामु प्रन्या मल्लले शर्माविरुद्धका रिट दर्ता गर्न आदेश दिँदा मुख्य रजिस्ट्रार बिमल पौडेलसहित कर्मचारी कार्यालय समयमै भागेका थिए ।

तर मंगलबार प्रन्या शर्माले पदबहाली गरिनसक्दै सर्वोच्चका तिनै कर्मचारीले प्रन्यामा नाम अपडेट गरेका हुन् । मंगलबार साँझ ५ बजे कार्यालय समय सकिए पनि राति सवा ७ बजे शर्माको नाम प्रन्यामा अपडेट गरिएको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  ७ : २० बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली