नेपालले मलेसियालाई दुई विकेटले हरायो « Khabarhub

नेपालले मलेसियालाई दुई विकेटले हरायो


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले मलेसियालाई दुई विकेटले हराएको छ । एसियाली महिला छनोटको तयारीस्वरुप भएको पहिलो टी–२० खेलमा मलेसियाको बायुमास मैदानमा नेपाल विजयी भएको हो ।

ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १७ ओभर ५ बलमा ६७ रन बनाउँदा अलआउट भएको थियो। जवाफी ब्याटिङ गरेको नेपालका लागि सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरिन् । उनले ३९ बलको सामना गर्दै ३२ रन बनाउँदै नेपालको जित सुनिस्चित गरेकी हुन् । रुबी पोदारले २२ बलको सामना गरेर १५ रन जोडिन् । ६८ रनको लक्ष्य नेपालले १७ ओभर तीन बलमा आठ विकेटको क्षतिमा ७१ रन बनाउँदै पूरा गरेको हो ।

मलेसियाका लागि नोरु क्यूलिसाले तीन विकेट हात पार्दा एलिसा हन्टर र आइसा एलिसाले समान चार ओभर बलिङ गर्दै दुईदुई विकेट लिए।

यसअघि सुरुमा बलिङ गरेको नेपालका लागि पूजा महतोले चावर ओभर बलिङ गर्दा मात्र १३ रन खर्चेर ३ विकेट लिइन् भने मनिषा उपाध्यायले चार ओभरमा १७ रन दिएर २ विकेट हात पारिन । रिया शर्माले २.५ ओभरमा १३ रन दिएर २ विकेट लिँदा सीता राना मगर र कविता कुँवरले समान एकएक विकेट हात पारेका थिए ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाउनु बाहेक अन्य ब्याटर नेपाली बलिङसामु निरिह देखिए । अहिले नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १० : ५१ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार