मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन ८ गतेदेखि  हुने « Khabarhub

मगर संघको १३औँ राष्ट्रिय महाधिवेशन ८ गतेदेखि  हुने


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन यही जेठ ८ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।  

संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘मगरात सभ्यता सहितको समृद्ध मगर समाज’ भन्ने मूल नारासहित जेठ ८ गतेदेखि १० गतेसम्म महाधिवेशन आयोजना गर्न लागिएको जनाएको हो । 

महाधिवेशन उद्घाटन समारोह जेठ ८ गते बिहान ११ बजे काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने र बन्दसत्र नेपाल पुलिस क्लवमा हुने आयोजकले जनाएको छ ।

महाधिवेशनले संघको नयाँ कार्यसमिति समेत चयन गर्ने अध्यक्ष ज्ञानेन्द्र पुन मगरले जानकारी दिए । मगर समुदायको हकहित, सामाजिक एकता, सांस्कृतिक संरक्षण तथा समृद्ध समाज निर्माणका लागि आगामी कार्यदिशा तय गर्ने उनले बताए । 

महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक, विभिन्न जिल्लाका प्रतिनिधि तथा बुद्धिजीवी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १ : ३० बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर

बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारी संकट गहिरिँदै, सयौँ कारखाना बन्द

बङ्गलादेश– बङ्गलादेशको अर्थतन्त्रको प्रमुख आधार मानिने तयारी पोशाक (गार्मेन्ट) उद्योग गम्भीर