मतदाता नामावली अद्यावधिक गर्न प्रतिस्थापन विधेयक ल्याएका हौँ : मन्त्री गौतम « Khabarhub

मतदाता नामावली अद्यावधिक गर्न प्रतिस्थापन विधेयक ल्याएका हौँ : मन्त्री गौतम


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।  

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन(पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली(पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त विधेयकहरू प्रस्तुत गरिन् ।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधि सभाको कार्यकाल पूरा हुनु अगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा निर्वाचनको प्रयोजनको लागि मतदाता नामावली सङ्कलन, दर्ता तथा त्यसको अद्यावधिक गर्न सक्नेगरी ल्याएको अध्यादेश बमोजिमका व्यवस्थालाई प्रतिस्थापन विधेयकमार्फत कायम राख्न मतदाता नामावली सम्बन्धी विधेयक ल्याइएको जानकारी दिइन् । 

त्यस्तै जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनसम्वन्धि  विधेयक ल्याइएको मन्त्री गौतमले बताइन् । 

प्रतिनिधसभाको अर्को बैठक जेठ ७ गते बिहिबार बोलाइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  २ : ३० बजे

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँलाई रिहा गर्न माग

सैन्य ‘कू’ पछि पहिलो पटक आङ साङ सुकीको फोटो सार्वजनिक (तस्बिरहरु)

काठमाडौं- म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार

खाना पकाउने ग्यास लिन सर्वसाधारणको लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा