वर्षमानले भने- सत्तापक्षका सांसद निरीहजस्तो देखिए, आफ्नो क्षेत्रका विषय उठाउन सकेनन् « Khabarhub

वर्षमानले भने- सत्तापक्षका सांसद निरीहजस्तो देखिए, आफ्नो क्षेत्रका विषय उठाउन सकेनन्


६ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका छन् । 

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ, त्यसलाई नै मान्नुपर्ने गरी सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका हुन् । 

सत्तापक्षका सांसदहरुले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउन सक्ने उनले बताए ।

त्यस्तै उनले ढिलो गरी संसद्को अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रित छलफलहरू छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे । 

सरकारको नियत संसद् छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफूहरूले ध्यानाकर्षण गराएको उनले बताए ।

उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार  ३ : ०४ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ