भिमफेदीमा गाडी दुर्घटना हुँदा आठ जना घाइते « Khabarhub

भिमफेदीमा गाडी दुर्घटना हुँदा आठ जना घाइते


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटना हुदाँ गाडी चालकसहित आठ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

दुर्घटनामा गाडी चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ लालझाडीका ३१ वर्षीय पूर्णबहादुर रुम्बा, तनहुँको बन्दीपुर नगरपालिका–९ का ३८ वर्षीय मनोज गुरुङ, उनकी श्रीमति २८ वर्षीया उषा गुरुङ, धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–४ का ४१ वर्षीय विकास झा, भारतको बिहार राज्यस्थित सितामढीका ३४ वर्षीय सोनु रौनियार र उनीकी श्रीमति २७ वर्षीया सङ्गीता रौनियार घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ८ : ५० बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह