मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने « Khabarhub

मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान तुनात्मक रूपमा कम भएका कारणले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय, तथ्याङ्क समन्वय कार्यालय धनुषाले बुधबार सार्वजनिक गरिएको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी समष्टिगत आर्थिक सूचकमा त्यस्तो जनाइएको हो ।

यस पटक पर्याप्त मात्रामा पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव पारेकाले विगत तीन वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने तथ्याङ्क अधिकृत नरबहादुर कुँवरले जानकारी दिए ।

आर्थिक वर्ष २०८०–८१ मा भने मधेसमा तीन दशमलव १८ प्रतिशत र आर्थिक वर्ष २०८१–८२ मा दुई दशमलव ७२ प्रतिशत आर्थिक वृद्धि रहेको थियो । लगातार दुई वर्षयता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव पारेका कारणले आर्थिक वृद्धि दर खस्कँदै गएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८२र८३ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३ दशमलव एक प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

तथ्याङ्क सार्वजनिकीकरण कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले मधेस प्रदेशमा कृषिको योगदान घट्दा यो समस्या आएको बताए।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ६ : ४१ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड