पहिलो पटक कुन दाँत कहिले उम्रिन्छ ? « Khabarhub

पहिलो पटक कुन दाँत कहिले उम्रिन्छ ?


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दाँत शरीरको महत्वपूर्ण अंग हो । दाँतले खाना चपाउँन र बोल्नका लागि सहयोग पुर्‍याउँछ । दाँत हाम्रो गिजाँको तल र माथिल्लो भागमा रहेको हुन्छ । हाम्रो दाँत पाँच प्रकारका हुन्छन् ।

हाम्रो मुखभित्र गिजाँमा रहेको तल र माथि अगाडी पट्टि रहेको दाँतलाई पहिलो टोक्ने दाँत भनिन्छ । यस्तै त्यसैकोलाईमा रहेको दाँतलाई दोस्रो टोक्ने दाँत भनिन्छ । दोस्रो टोक्ने दाँतको छेउमा हुने अर्को दाँतलाई कुकुर दाँत भनिन्छ ।

यस्तै कुकुर दाँत पछिको भागमा हुने अर्को दाँत पहिलो दुधे बंगारा हो । यो दाँत पनि गिजाँको तल्लो र माथिल्लो भागमा रहेको हुन्छ । यस्तै मुखको अन्तिम ठाउँमा दोस्रो वंगारा दाँत हुन्छ ।

शिशु जन्मिदा उनको मुखभित्र दाँत उम्रेको हुँदैन । शिशु जन्मिएको झण्डै ६ महिनादेखि उसको गिँजाबाठ दाँत उम्रिन थाल्छ । शुरुमा उम्रने दाँतलाई दुधे दाँत भनिन्छ ।

जन्मिएको ६ महिनादेखि उम्रिन थालेको दाँत १० देखि ११ वर्षको उमेरमा झर्छ । तपाइलार्ई पनि १०, ११ वर्षको हुँदा आफ्नो दाँत झरेर नयाँ दाँत उम्रेको सम्झना अझै छ होला ।

दुधेदाँत झरेपछि पुनः नयाँ दात उम्रिन्छ । ती दाँतहरु झर्ने र उम्रिने क्रम भने एकैपटक हुँदैन ।

कुन दाँत कहिले उम्रिन्छ ?

पहिलो टोक्ने दाँतः माथिल्लो पट्टिको दाँत ६ देखि १० महिनामा उम्रिन्छ भने तल्लो पट्टिको दाँत ८ देखि १२ महिनामा उम्रिन्छ ।

–दोस्रो टोक्ने दाँतः माथिल्लो पट्टिको १० देखि १६ महिनामा उम्रिन्छ भने तल्लो पट्टिको दाँत ९ देखि २२ महिनासम्ममा उम्रिन्छ ।

–कुकुर दाँतः माथिल्लो पट्टिको दाँत १७ देखि २३ महिनामा उम्रिन्छ भने तल्लो पट्टिको दाँत १६ देखि २२ महिनामा उम्रिन्छ ।

–पहिलो दुधे वंगाराः माथिल्लो पट्टिको दाँत १४ देखि १८ महिनामा उम्रिन्छ भने तल्लो पट्टिको दाँत १३ देखि १८ महिनामा उम्रिन्छ ।

–दोस्रो दुधे वंगाराः माथिल्लो पट्टिको दाँत २३ देखि ३१ महिनामा उम्रिन्छ भने तल्लो पट्टिको दाँत २५ देखि ३३ महिनामा उम्रिन्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : १३ बजे

फोहर व्यवस्थापन सुधार गर्न सञ्चारमन्त्रीको निर्देशन, बञ्चरेडाँडाका समस्या समाधानमा जोड

काठमाडौं– बञ्चरेडाँडा फोहर व्यवस्थापनस्थलमा देखिएका समस्या समाधान गर्न सूचना तथा

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश