डाबरको मह न्यून गुणस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन  « Khabarhub

डाबरको मह न्यून गुणस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन 


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालिद्वारा उत्पादन गरिएको मह बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको महको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तरको पाइएपछि उक्त उत्पादन ‘रिकल’ गर्न निर्देशन दिइएको हो ।

विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३६(२) बमोजिम डाबर ब्रान्डको ५०० ग्राम मह बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न आदेश जारी गरिएको छ।

रिकल गरिएको उत्पादनको ब्याच नम्बर एन बी ००४७७ रहेको छ । उक्त उत्पादनको उत्पादन मिति सन् २०२५ डिसेम्बर उल्लेख गरिएको छ भने उपभोग अवधि १८ महिना रहेको विभागले जनाएको छ । यो उत्पादन डाबर नेपाल प्रालि, जितपुर सिमरा उपमहानगरपालिका–२३, बाराद्वारा उत्पादन गरिएको विभागको सूचनामा उल्लेख छ ।

विभागले सम्बन्धित उत्पादक कम्पनीलाई तत्काल बिक्री वितरण नगर्न नगराउन तथा बजारबाट उत्पादन फिर्ता गर्न निर्देशन दिएको जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १ : ३७ बजे

मधेसमा चहलपहल बढ्दै

जनकपुरधाम– अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ । सिरहाको

१५ बुँदे माग राख्दै वीर अस्पतालका नर्स आन्दोलित

काठमाडौं- विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन– बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुवे

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी