प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख « Khabarhub

प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै बसिरहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न पुगेका छन् ।

बिहीबार बसेको संसद् बैठकमा पनि उपस्थित नभएका बालेनलाई प्रतिपक्षी दलले खोजेपछि खोज्न सभामुख अर्याल गएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बसिरहेका शाहलाई भेटेर सभामुख अर्याल फर्किएका छन् ।

श्रमसंस्कृति पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेसहितका सांसदहरूले संसद्मा प्रधानमन्त्रीको निरन्तर खोजी गरिरहेका छन् ।

तर राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै संसद्बाट निस्केर हिँडेका शाह त्यसपछि देखिएका छैनन्।

प्रतिपक्षी दलहरूले मोर्चा नै बनाएर निरन्तर सदन अवरोध गरेपछि सभामुखले बालेन्द्रलाई संसद्मा आइदिन भनेका हुन् । वालेन्द्र सदनमा उपस्थित हुनेबारे भेटेर अर्यालले कुरा गरेको उनको सचिवालयले जनाएको छ । अहिले पनि उनीहरूबीच संवाद जारी छ।

नीति तथा कार्यक्रमको जवाफ दिनसमेत नआएका उनका कारण सभापति रवि लामिछानेसहितलाई नैतिक संकट परेको छ। आफ्नो पद उत्पति भएको संसद्लाई नै हेपेको भन्दै अहिले वालेन्द्रको आलोचना बढ्न थालेको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ४ : २९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४